२ श्रावण २०८२, शुक्रबार | Sat Jul 19 2025


इराकमा सरकार विरुद्ध प्रदर्शन उत्कर्षमा


0
Shares

काठमाडौं । इराकमा सरकार बिरोधी प्रदर्शन चरम उत्कर्षमा पुगेको छ ।

प्रदर्शनकारीहरुले इराकको राजधानी बग्दादका मुख्य शहरहरु अवरुद्ध पारेपछि त्यहाँको जनजीवन प्रभावित भएको छ ।

गत अक्टोबर १ देखि सुरु भएको प्रदर्शनलाई निरन्तरता दिँदै आन्दोलनकारीले ठाउँ ठाउँमा टायर बालेर बिरोध गरेका छन् ।

भ्रष्टाचारको अन्त्य गर्नुपर्ने, बेराजगारलाई रोजगारी दिनुपर्ने लगायतका मागसहित सरकारको राजीनामाको माग प्रदर्शकारीहरुको छ ।

प्रदर्शनमा विद्यार्थीदेखि बुद्धिजीवीहरु पनि सामेल छन् । प्रदर्शनकै क्रममा प्रहरीसँगको झडपमा २ सय ५० भन्दा बढीको मृत्यु भइसकेको छ ।

यसैबीच प्रदर्शनलाई मत्थर पार्न सर्याैंको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।(एजेन्सी)