
काठमाडौं, जेठ १२ । नेपालमा कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा १४५ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार योसँगै अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार ८ सय ४५ पुगेको छ ।
गत २४ घण्टामा ६७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
१९ हजार ३० जनाको पीसीआर परीक्षणमा ६ हजार ६ सय ७७ तथा ३ सय २२ एन्टिजेन परीक्षणमा ३७ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै कुल संक्रमितको संख्या ५ लाख ४० हजार ७ सय ७५ पुगेको छ ।
हाल सक्रिय संक्रमितको संख्या १ लाख १७ हजार ७७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ६७१६ जना संक्रमणमुक्त भएका छन् ।
योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४ लाख ११ हजार ६ सय ३ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्