
काठमाडौं । ब्राजिलको अमेजन जंगल सुरक्षार्थ खटिएका आदिवासी समुदायका एक युवाको हत्या भएपछि अमेजन जंगलको सुरक्षा चुनौती बढेको छ ।
काठ तस्करहरुको एक समूहले आदिबासी युवा पाउलिन्होको गोली हानी हत्या गरेको हो । घटनामा अर्का एक युवा घाइते भएका छन् ।
अमेजन जंगलको छेउमा रहेको मारान्हाओ राज्यको जंगलमा शिकार गरिरहेका उनीमाथि गोली प्रहार भएको हो ।
यसअघि पनि जंगलको सुरक्षार्थ खटिएका तीन सदस्यको हत्या गरिएको थियो ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्