Logo १० कार्तिक २०८२, सोमबार | Mon Oct 27 2025


स्थानीय तहका कामकारवाही विरुद्ध अख्तियारमा उजुरी पर्ने क्रम बढ्यो


0
Shares

कञ्चनपुर । अख्तियार दूरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा चालु आर्थिक वर्षमा एक हजारभन्दा बढी उजुरी परेका छन् ।

स्थानीय तहमा जनप्रतिनिधि आएसँगै विकास निर्माण र स्थानीय तहको बजेट परिचालनमा भ्रष्टचार भएको भन्दै अख्यितारमा चालु आर्थिक वर्षमा एक हजार ५५ वटा उजुरी परेका हुन् ।

विगतका वर्षमा शिक्षा क्षेत्रका बढी उजुरी आउने गरेपनि जनप्रतिनिधि आइसकेपछि विकास निर्माण, उपभोक्ता समिति गठन र बजेटको हिनामिनाका उजुरी बढी रहेको अख्तियार दूरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका सूचना अधिकारी टोपबहादुर विष्टले जानकारी दिए ।

सबैभन्दा बढी उजुरी कैलाली, कञ्चनपुर र बैतडी जिल्लाबाट परेको बताइएको छ ।

विष्टका अनुसार उजुरीको प्रकृतिलाई हेर्दा उपभोक्ता समितिमार्फत हुने काममा अनियमितता, सार्वजनिक जग्गा अतिक्रमण, खर्चको अपारदार्शिता, कर्मचारी नियुक्तिमा अनियमितता र विद्यालयसँग सम्बन्धीत उजुरी बढी रहेका छन् ।

कार्यालयका अनुसार सबैभन्दा बढी कैलालीबाट ३ सय ५, कञ्चपुरबाट १ सय ८६ र बैतडीबाट १ सय ६८ वटा उजुरी परेका छन् ।

त्यस्तै, बझाङबाट ८१, दार्चुलाबाट ७६, डडेल्धुराबाट ७५, डोटीबाट ६२ र अछामबाट ५७ वटा उजुरी परेका छन् भने सबैभन्दा कम बाजुराबाट ४० वटा र २ वटा बेनामी उजुरी परेका छन् ।