२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


दिल्लीमा वायु प्रदूषण, जनस्वास्थ्य संकटकाल घोषणा, विद्यालय बन्द, निर्माणकार्य रोकियो


0
Shares

काठमाडौैं, कात्तिक १६ । भारतको राजधानी नयाँदिल्लीमा वायु प्रदूषणको स्तर बढेपछि जनस्वास्थ्य संकटकाल घोषणा गरिएको छ ।

सर्वोच्च अदालतद्वारा गठित समितिले स्वास्थ्य आपत्काल घोषणा गरेको हो ।

यो घोषणासँगै आउँदो मंगलबारसम्म सबै विद्यालय बन्द गरिएको छ । सबै निर्माणकार्य तत्कालका लागि बन्द गरिएको छ ।

अत्यावश्यक काममाबाहेक घरबाहिर ननिस्कन, निजी सवारी–साधन कम चलाउन र फोहर जलाउने काम नगर्न सरकारले सर्वसाधरणमा अपिल गरेको छ ।

दिल्लीको वायुमा विश्व स्वास्थ्य संगठनले तोकेको सुरक्षित अधिकतम् तहभन्दा २० गुणा बढी हानिकारक तत्व पाइएको छ ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीलाई ‘ग्यास च्याम्बर’को संज्ञा दिएका छन् ।

छिमेकी हरियाणा र पन्जाब राज्यमा किसानहरूले अन्नबाली भित्र्याएपछि खेतमा लगाउने आगोका कारण पनि प्रदूषण बढेको उनको भनाइ छ ।

दीपावलीका अवसरमा पड्काइने पटाका, निर्माण कम्पनी, सवारी–साधनबाट निस्कने धुवाँ पनि वायु प्रदूषणका कारक हुन् ।

प्रत्येक वर्षको नोभेम्बर र डिसेम्बरमा दिल्लीको वायु बढी प्रदुषित हुने गरेको छ । (एजेन्सी)