
हेटौंडा । ६ वर्ष अघि तेजाब आक्रमण गरी फरार रहेका भारतीय नागरिकलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।
हेटौंडा उपमहानगरपालिका–३ बस्ने बिन्दाबासिनी कंसाकारमाथि तेजाब आक्रमण गर्ने भारतको महाराजगञ्ज अमरपुर्बनका दिलिप राज केसरीलाई मकवानपुर प्रहरी र बारा प्रहरीको संयुक्त टोलीले बाराको जितपुर सिमराबाट पक्राउ गरेको हो ।
तेजाब आक्रमणमा परेकी पिडित कंसाकारले अपराधीलाई जन्मकैद वा फासी सजाय दिनुपर्ने माग गरेकी छन् ।
प्रतिक्रिया दिनुहोस्