Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


राजदूतहरूलाई परराष्ट्रमन्त्रीको निर्देशन: अनुदानमा खोप, अक्सिजन र औषधि जुटाउन पहल गर्नु


0
Shares

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले १ जेठमा १३ देशका नेपाली राजदूतसँग भर्चुअल संवाद गरेका थिए । उनले खोप, अक्सिजनलगायत स्वास्थ्य सामग्री, औषधि अनुदानमा जुटाउन राजदूतहरूलाई निर्देशन दिएका थिए । बैठकमा चीन, अमेरिका, बेलायत, जापान, फ्रान्स, जर्मनी, बेल्जियमलगायत देशका राजदूत सहभागी थिए । 

परराष्ट्रमन्त्री ज्ञवालीले खोप, अक्सिजन सिलिन्डर, स्वास्थ्य उपकरण अनुदानमा प्राप्त गर्ने प्रयासका लागि  द्विपक्षीय तथा बहुपक्षीय तहमा छलफल गर्न निर्देशन दिएका थिए । विभिन्न मुलुकका मानवीय संस्थाहरू, निजी क्षेत्र तथा नेपाली समुदायसँग थप समन्वय गर्न पनि निर्देशन दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । नयाँ पत्रिका