
काठमाडौं । अन्तरराष्ट्रिय चार्टर उडानबाट अब नेपाली नागरिक पनि विदेश जान पाउने भएका छन् । चार्टर उडानका लागि अनुमति पाएका स्वदेशी तथा विदेशी विमानहरूबाट विदेशी नागरिकका साथसाथै नेपाली नागरिक पनि विदेश प्रस्थान गर्न सक्ने गरी सरकारले परिपत्र जारी गरेको छ । संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधवार परिपत्र जारी गरेर यस्ता उडानहरूबाट विदेश जान इच्छुक नेपाली नागरिक पनि प्रस्थान गर्न पाउने व्यवस्था गरेको हो । अब विदेशी नागरिक तथा कार्गोका लागि हुने चार्टर उडानबाट नेपाली नागरिक पनि जान पाउने भएका छन् ।
अहिले चार्टर उडान गर्नेमा नेपालको राष्ट्रिय ध्वजावाहक विमान नेपाल एयरलाइन्स, निजीक्षेत्रको हिमालय एयरलाइन्स रहेका छन् भने विदेशी विमानमा कतार, टर्किशलगायत रहेका छन् । उनीहरूले नेपाली नागरिक लैजान पाउने व्यवस्था गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षत्रीले जानकारी दिए ।
उद्धार उडानबाट यात्रा गर्दा शुल्क भने महँगो तिर्नुपर्छ । उद्धार उडान गर्दै आएका नेपाल विमान कम्पनीले काठमाडौं–रियादका लागि रू। ८९ हजार ५००, काठमाडौं–दमामका लागि रू। ८४ हजार ५०० र काठमाडौं–जेद्दा उडानका लागि रू। ९८ हजार ५०० भाडादर निर्धारण गरेको छ । सरकारले गत वैशाख २३ गते बिहीवारदेखि अन्तरराष्ट्रिय नियमित उडानमा रोक लगाएको छ ।
हेलिकोप्टरले रू। १ लाखसम्म थप भाडा लिन पाउने
कोरोना भाइरस ९कोभिड–१९०को संक्रमित यात्रुलाई उद्धार गर्ने हेलिकोप्टर कम्पनीले साविकको भाडादरमा प्रतिउडान थप रू। १ लाख लिन पाउने भएका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले बिहीवार सूचना जारी गर्दै भाडादरमा प्रतिउडान थप १ लाख रुपैयाँ लिन पाउने सक्ने व्यवस्था गरिदिएको छ । अहिले आर–४४रआर–४६ र एएस ३५० सिरिजरएफएक्सरबेल २०६ सिरिजका हेलिकप्टरको प्रतिघण्टा भाडादर क्रमशः १००० डलर र १ हजार २०० डलर रहेको छ । यात्रुले यो डलर बराबर नेपाली रुपैयाँ भाडा तिर्नुपर्छ । कोरोना भाइरसको महामारीमा अहिले उद्धार उडान हुँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्