२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


भारतमा तीन नेपालीको हत्यामा संलग्नको बयान : ‘पहिले ढुंगाले हिर्काएँ पछि लिङ्ग काटिदिएँ’


0
Shares

बैतडी । गत शुक्रवार (कात्तिक ८ गते) भारतको पिथौरागढमा तीन नेपाली मजदुरको हत्यामा संलग्न रहेको आशंकामा एक जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पुर्चौडी नगरपालिका–५ घर भई पिथौरागढमा काम गर्दै आएका धनबहादुर बोहरा रहेका छन् । उनलाई भारतकै मुन्सीयारीवाट पक्राउ गरिएको हो ।

रोजगारीका लागि पिथौरागढ गएका बैतडीको पुर्चौडी नगरपालिका–५ दहतोलीका हरिश बोहरा, उनका सहोदर भाइ वीरा बोहरा र पुर्चौडी नगरपालिका–४ भटना तडीखेतका काशी बोहराको लिङ्ग काटिएको अवस्थामा विभत्स रुपमा शव फेला परेको थियो ।

पक्राउ परेका धनबहादुर मृतक हरिश बोहराका भतिजा नाता पर्ने रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले अनुसन्धानका लागि भारत पठाएको प्रहरी सहायक निरीक्षक श्यामसिंह महराले जानकारी दिए ।

पक्राउ परेका बोहराले आफूले नै तीनै जनाको हत्या गरेको स्वीकार गरेको भारतीय प्रहरीलाई उद्धृत गर्दै प्रहरी सहायक निरीक्षक महराले जानकारी दिए ।

कात्तिक ८ गते चारै जनाले रक्सी खाएको र ढुंगाले टाउको हिर्काएको त्यसपछी धनबहादुर आफैंले हसियाले उनीहरुको लिंग काटेको प्रहरीलाई बयान दिएको प्रहरी सहायक निरीक्षक महराले बताए ।

सबैलेसंगै रक्सी खाएको तर जबरजस्ती गरेर अझै रक्सी खुवाउन खोज्दा आफूले रक्सीले मातेको अवस्थामा तीनै जनाको हत्या गरेको धनबहादुरले भारतीय प्रहरीलाई बयान दिएको जनाइएको छ ।