 
	    एजेन्सी । यस वर्षको फ्रेन्च कप फुटबलको उपाधि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले जितेको छ ।
गएराति भएको फाइनल खेलमा मोनाकोमाथि २–० को जित निकाल्दै पिएसजीले उपाधि उचालेको हो ।
पिएसजीको यो उपाधि पछिल्लो सात वर्षको छैटौं उपाधि हो ।
खेलमा पिएसजीलाई विजयी गराउन अर्जेन्टाइनी खेलाडी मौरो इकार्दी र फ्रान्सका किलियन एम्बाप्पेले एक एक गोल गरे ।
फ्रेन्च कपको उपाधिसँगै पिएसजीको ध्यान अब फ्रेन्च लिग वानको उपाधितर्फ मोडिएको छ ।
जारी सिजनको फ्रेन्च लिगमा पिएसजी अहिले दोस्रो स्थानमा रहेको छ ।
लिगमा चार चरणका खेलहरु बाँकी हुँदा पिएसजी शिर्ष स्थानको लिलभन्दा १ अंकले पछाडी छ ।
उता, यस वर्षको इटालीयन कप फुटबल अर्थात कोपा इटालीयाको उपाधि युभेन्टसले जितेको छ ।
गएराति भएको फाइनल खेलमा एट्लान्टालाई २–१ ले हराउँदै युभेन्टसले उपाधि जितेको हो ।
युभेन्टसका लागि डेयान कुलुसेभ्स्की र फेडेरिको चियस्काले एक एक गोल गरे । एट्लान्टाका रुस्लान मालिनोभ्स्कीले एक गोल फर्काएका थिए ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्