२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


पोखरामा दुर्घटनामा परी एकको मृत्यु, दुई जना घाइते


0
Shares

पोखरा । पोखरामा सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

पोखरा महानगरपालिका–२७ तालचोकमा हिजो साँझ बा १ य ८७५ नम्बरको स्करपियोको ठक्करबाट स्कुटर चालक लमजुङ बँेसीशहरका २९ वर्षीय नन्दप्रसाद गुरुङको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताए ।

दुर्घटनामा परी गम्भीर घाइते भएका गुरुङलाई मणिपाल शिक्षण अस्पताल लगिएकामा गए राति उपचारको क्रममा उनको मृत्यु भएको हो ।

बा १ य ८७५ नं को स्करपियोले गुरुङ सवार ग १२ प ८८०० र अर्को ग ९ प ५४८२ नं को स्कुटरलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा परेका पोखरा–८ का अजित गुरुङ तथा गाडी चालक पोखरा–का ३१ का कैलाश थापाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।