१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


थपिए ८ हजार २०३ जना संक्रमित, १९६ जनाको मृत्यु


0
Shares

काठमाडौं, जेठ ४ । नेपालमा पछिल्लो २४ घण्टामा ८२०३ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा २० हजार ९७९ परीक्षण गर्दा ८ हजार २ सय ३ जनामा कोरोना पोजेटिभ देखिएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा २० हजार २८६ जनामा पिसिआर परीक्षण गर्दा ८ हजार १३६ मा पोजेटिभ देखिएको र ६९३ जनाको एन्टिजेन परीक्षण गर्दा ६७ जनामा पोजेटिभ देखिएको थियो।

पछिल्लो २४ घण्टामा १९६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै मृत्यु हुनेको संख्या ५४११ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६८९१ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै अहिलेसम्म ३ लाख ५२ हजार ४१४ कोरोनामुक्त भएका छन् ।