 
	    काठमाडौं । आफ्ना दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदीबहिनीले बिहानैदेखि काठमाडौंको रानीपोखरी स्थित बालगोपालेश्वर मन्दिरमा पुगेर टीका लगाएका छन् ।
वर्षको एक दिन भाइटीकाका दिन खुल्ने यस मन्दिरमा टीका लगाउनेको बिहनानैदेखि चहलपहल बढेको छ ।
बालगोपालेश्वर मन्दिरमा आफ्ना दाजुभाई नहुने दिदीबहिनीहरुले टीका थाप्न आउने दाजुभाइलाई टीका लगाई दिने चलन छ ।
टीका नलगाउनेहरु बालगोपालेश्वर मन्दिरको दर्शन गरेर फकर्ने गर्छन् । त्यसैगरी टीका थाप्न पुगेका दाजुभाइले टीका लगाई सकेपछि दक्षिणा दिने गर्छन् ।
२०७२ साल बैशाख १२ गते गएको भूकम्पबाट क्षतिग्रस्त बालगोपालेश्वर मन्दिरको अझै पुनर्निर्माण नगर्दा दर्शनका लागि असुविधा पुगेको छ ।
यसपटक पनि रानीपोखरीभित्रको चौरमा भाइटका लगाइदिने व्यवस्था मिलाइएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्