Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


आफन्तका मृत्युले देश नै रोइरहेका बेला प्रधानमन्त्रीको कविता,‘अब आँसु खसाउनुपर्दैन’


0
Shares

अब आँसु खसाउनुपर्दैन’

अब आँसु खसाउनु पर्दैन
रगत बगाउनु पर्दैन
नेपाली मन अब फुट्दैन
राष्ट्रिय एकता टुट्दैन
शान्ति अब यहाँ मर्दैन
नेपाली मर्न पर्दैन
बढ्यो नेपाल अब बढ्यो अघि
विकासमा पछि पर्दैन
गणतन्त्र हो यो गणतन्त्र
सार्वभौम जनताको जनतन्त्र
अब आँसु खसाल्नु पर्दैन ।

०००
सामाजिक न्याय र समानता 
अधिकारसम्पन्न जनता
मेची–काली, पहाड–तराई
निर्भय वातावरण सुरक्षित नारी
अब आधुनिकतामा बढ्यो नेपाल
गणतन्त्र हो यो गणतन्त्र
सार्वभौम जनताको जनतन्त्र
अब आँसु खसाउनु पर्दैन ।

०००
फाटोका खेती कुहिन्छन्
स्वार्थी हिंसा तुहिन्छन्
अब चेलीका चुरा फुट्दैनन्
कोही टुहुरा पर्दैनन्
गणतन्त्र हो यो गणतन्त्र
शक्तिका स्रोत जनताको
जनतन्त्र हो यो जनतन्त्र
अब आँसु खसाउनु पर्दैन
रगत बगाउनु पर्दैन ।

केपी ओली प्रधानमन्त्री

नयाँ पत्रिका