काठमाडौं, बैशाख ३० । कोरोना संक्रमित निम्न वर्गीय तथा ज्यालादारी मजदुरहरुलाई लक्षित गर्दै भगवान महावीर जैन निकेतनमा ड्राई आइसोलेसन सेन्टर संचालन गरिएको छ ।
काडमाडौं महानगरपालिका वडा नं २९ को समेत सहकार्यमा अक्सिजन नभएको तर निःशुल्क ड्राई आइसोलेसन सेन्टर संचालन गरिएको हो ।
जैन भवनमा २६ वेड र संचालन गरिएको हो । जहाँ लक्षण नदेखिएका निम्न वर्गीय संक्रमितहरुलाई पौष्टिक खाना र औषधी उपचारको व्यवस्थासहित राख्ने व्यवस्था गरिएको छ ।
उद्योग वाणिज्य महासंघको कार्य समिति सदस्य रञ्जित राज आचार्यले सबैले मिलेर नै कोभिडलाई परास्त गर्नका लागि सहयोगका लागि सबैलाई अपिल गर्नु भएको छ ।
एफएनसिसिआई अपरेशन कोभिड रिलिफ अभियान अन्तर्गत सेवा शुरु गरिएको आइसोलेसन सेन्टरमा आरम्भ फाउन्डेशन अन्तर्गत रहेका स्वास्थ्यकर्मीले स्वयसेवा गर्ने छन् ।





प्रतिक्रिया दिनुहोस्