२० बैशाख २०८२, शनिबार | Sun May 4 2025


अमेरिकाद्धारा नेपाललाई ३२ करोड ४३ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गर्ने घोषणा


0
Shares

काठमाडौं, बैशाख ३० । संयुक्त राज्य अमेरिकाले नेपाललाई कोरोना भाइरस महामारी विरुद्ध थप ३२ करोड ४३ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ ।

अमेरिकी इन्डो–प्यासेफिक कमाण्डले नेपाललाई हाल अत्यावश्यक देखिएको अक्सिजन प्लान्ट, अक्सिजन सिलिण्डर र अक्सिजन भण्डारण ट्यांकहरु सहयोग रुपमा उपलब्ध गराउने घोषणा गरेको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।

इण्डो प्यासिफक कमाण्डले गत वर्षको अप्रिल यता ६० करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री नेपाललाई प्रदान गरिसकेको पनि दूतावासले जनाएको छ ।

अब उपलब्ध गराइने सामग्री कहिलेसम्म नेपालले प्राप्त गर्छ भन्ने कुरा चाहीँ खुलाइएको छैन ।