
काठमाडौं, कात्तिक ८ । कान्ति बाल अस्पताल र नेपाल उद्योग वाणिज्य महासंघबीच बिरामीका लागि कुरुवा घर बनाउनका लागि ‘एमओयु’ भएको छ ।
महासंघद्वारा शुक्रबार काठमाडौंमा आयोजित क्यान्सरसम्बन्धी एक चेतनामूलक अन्तरक्रिया कार्यक्रममा अभिनेत्री मनीषा कोइरालाको संयोजकत्वमा एमओयु भएको हो ।
एमओयुमा कान्ति बाल अस्पतालमा बालबालिकाको कुरुवाका लागि आवासगृह निर्माण गर्नेसम्बन्धी सम्झौता भएको हो ।
कार्यक्रममा महासंघकी अध्यक्ष भवानी राणाले क्यान्सरसम्बन्धी चेतनामूलक कार्यले गर्दा क्यान्सर न्यूनीकरण गर्न सहयोग पुगेको बताइन् ।
प्रतिक्रिया दिनुहोस्