Logo २९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026


रुसको एक विद्यालयमा गोली चल्दा ११ जना मारिए


0
Shares

एजेन्सी २८ । रुसको एक विद्यालयमा मंगलबार गोली चल्दा ११ मारिएका छन् ।

मुस्लिम समुदायको बाहुल्यता रहेको कजान शहरस्थित एक विद्यालयमा गोली चल्दा कम्तीमा ११ जनाको मृत्यु हुनुका साथै १६ जना बढी घाईते भएको बीबीसीले जनाएको छ ।

रुसी सरकारका अनुसार दुई जना व्यक्ति विद्यालयमा प्रवेश गरेर गोली चलाएका थिए ।

मृत्यु हुनेमा विद्यार्थी र शिक्षकहरू रहेका छन् । गोली चलाउने एक १९ वर्षीय युवकलाइ प्रहरीले पक्राउ गरेको छ भने अर्का युवक प्रहरी कारबाहीमा मारिएका छन् ।

विद्यार्थीहरू ज्यान जोगाउन झ्यालबाट हाम फाल्दै गरेको भिडियोहरु सामाजिक संजालहरुमा सार्वजनिक भैरहेका छन् घाईतेहरुको विभिन अस्पतालमा उपचार भैरहेको छ भने घटनाको जिम्मा कुनै पनि समूह वा संगठनले लिएको छैन ।