३ जेष्ठ २०८२, शनिबार | Sat May 17 2025


५८ अर्ब बजेटमा ३९६ अस्पताल बनाउने घोषणा, शिलान्यासमा खनिएका खाल्डामा हिलो र फोहोर


0
Shares

काठमाडौं । सरकारका लागि विश्वासको मत माग्दै प्रधानमन्त्री केपी ओलीले सोमबार संसद्मा पनि आफ्नो कार्यकालमा भएका शिलान्यास र उद्घाटनको फेहरिस्त प्रस्तुत गरे । तर, कागज र वास्तविकताबीच कति ठूलो अन्तर छ भन्ने प्रस्ट पार्न यी खाल्डाका तस्बिर पर्याप्त छन् । सानोतिनो होइन, ५८ अर्ब बजेट खर्च हुने भन्दै सरकारले गत १५ मंसिरमा एकै दिन सातै प्रदेशमा तीन सय नौ आधारभूत अस्पताल शिलान्यास गरेको थियो । तर, स्वास्थ्य क्षेत्रमा क्रान्ति ल्याउन भनेर शिलान्यासका लागि खनिएका खाल्डामा कति पानी भरिएको छ कतै फोहोर । यति ठूलो बजेटको महत्वांकाक्षी परियोजना पनि ‘प्रोपगाण्डा’ मै सीमित भएको छ ।

सात सय ५३ स्थानीय तहमध्ये ६ सय ४९ स्थानीय तहमा अहिले पनि अस्पताल छैनन् । तीमध्ये पहिलो चरणमा तीन सय ९६ स्थानीय तहमा अस्पतालको भवन बनाउने योजना रहेको थियो । तर, अन्तिम दिन तीन सय ९ अस्पताल शिलान्यास गरिको थियो ।

तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकालले भनेका थिए, ‘यसलाई स्वास्थ्य क्षेत्रको क्रान्ति भन्नुपर्छ, उपचारात्मक सेवामा यति ठूलो काम अहिलेसम्म भएको छैन ।’ पाँच शड्ढयाका ५२, १० शड्ढयाका एक सय नौ र १५ शड्ढयाका ३५ अस्पताल बनाइने योजना सरकारको छ । दुई वर्षभित्र सबै अस्पताल निर्माण गरेर सञ्चालन गरिसक्ने सरकारको योजना छ । तर, शिलान्यास गरेर सरकार निदाएको छ ।

अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्तिको मापदण्ड पनि तयार भएको थियो । पाँच शड्ढयाको अस्पतालमा एकजना मेडिकल अफिसरसहित १२ स्वास्थ्यकर्मी, १० शड्ढयाको अस्पतालमा दुईजना मेडिकल अफिसरसहित १७ जना र १५ शड्ढयाको अस्पतालमा तीनजना मेडिकल अफिसरसहित २७ स्वास्थ्यकर्मी खटाउने योजना छ । तर, भवन निर्माणकै काम अहिलेसम्म अलपत्र छ ।

नयाँ पत्रिका