Logo १६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026


स्वास्थ्य मन्त्रालयले निकाल्यो बचाउ विज्ञप्तिः ५० लाख डोज कोभिसिल्ड खरिद गर्ने अवस्था नै छैन


0
Shares

काठमाडौं, वैशाख २४ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाललाई सेरम इन्स्टिच्युटसँग ५० लाख खोप खरिद गर्न सम्भव नरहेको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले एक विज्ञप्ति जारी गरी नेपालले खरिद गरेको १० लाख डोजसमेत आपूर्ति हुन नसकेका अवस्थामा अरु ५० लाख डोज खोप खरिद गर्ने अवस्था नै नरहेको जनाएनुभएको हो ।

खोप आपूर्तिसम्बन्धमा आएका खबरहरुबारे प्रष्टीकरण दिँदै प्रवक्ता गौतमले सेरम कम्पनीमा भएको आगलागीले क्षमता विस्तारमा अबरोध आएको र क्षमता विस्तार भएलगत्तै १० लाख डोज खोप आपूर्ति गर्न कम्पनी तयार रहेको उल्लेख गर्नुभएको छ ।

विज्ञप्तिमा मन्त्रालयले भनेको छ, ‘थप ५० लाख मात्रा कोभिसिल्ड खोप खरिद गर्ने अवस्था हाललाई छैन ।’

अरु कम्पनीको खोप आपूर्तिका लागि औषधि व्यवस्था विभागबाट अनुमति पाएको भन्दै गौतमले कोभिसिल्ड खरिदमा भने स्वास्थ्य सेवा विभाग आफैले निर्णय गर्ने पनि दाबी गर्नुभएको छ ।