Logo २५ माघ २०८२, आइतबार | Mon Feb 9 2026


भारतमा एकै दिनमा ४ लाख १४ हजार बढी कोरोना संक्रमित थपिए, ३९ सय २० जनाको मृत्यु


0
Shares

india corona

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ४ लाख १४ हजार ४३३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । अघिल्लो दिन भारतमा ४ लाख १२ हजारभन्दा बढी संक्रमित थपिएका थिए ।

कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या २ करोड १४ लाख नाघेको छ । भारतमा दैनिक रुपमा संक्रमणबाट हुने मृत्युदर समेत बढिरहेको छ । पछिल्लो केही दिनयता दैनिक मृतकको संख्यामा समेत रेकर्ड बन्न थालेको छ ।

पछिल्लो २४ घण्टामा ३९ सय २० जनाको मृत्यु भएसँगै कोरोना संक्रमणकै कारण भारतमा मृत्यु हुनेको कुल संख्या दुई लाख ३४ हजार ७१ पुगेको छ। संक्रमितमध्ये एक करोड ७५ लाखभन्दा बढी निको भइसकेका छन् । करिब ३६ लाख सक्रिय संक्रमित रहेका छन् ।