Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


सर्वाधिक संक्रमण र मृत्यु


0
Shares

काठमाडौं । कोभिड १९ बाट मंगबार हालसम्मकै बढी संक्रमण र मृत्यु भएको छ । १६ हजार १ सय ३१ जनाको पीसीआर परीक्षण गर्दा ७ हजार ५ सय ८७ जना (४७.०३ प्रतिशत) मा संक्रमण पाइएको छ भने एकै दिन ५५ जनाको मृत्यु भएको छ।

लगातार तेस्रो दिन ७ हजार जना भन्दा बढीमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्इा मन्त्रालयकाअनुसार सोमबार ७ हजार ४ सय ४८ र आइतबार ७ हजार २ सय ११ जनामा संक्रमण पुष्टि भएको थियो । यसमा एन्टिजेन परीक्ष्ँणमा रिर्पाट पोजेटिभ आउनेको संख्यासमेत सामेल छ । आइतबार र सोमबार संक्रमण दर क्रमश : ४२.९९ र ४३.३६ प्रतिशत थियो ।

मृत्यु हुनेमा आधा भन्दा बढी ३० देखि ५० वर्ष उमेर समूहका र तराई जिल्लाका छन् । सातायता मात्रै कोभिडले मृत्यु हुनेको संख्या २ सय २३ पुगेको छ । ‘सक्रिय उमेर समूहका संक्रमितको मृत्यु बढी भइरहेको छ,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने, ‘कोभिडको दोस्रो लहर सुरु भएयता मृत्यु हुनेमा ३० देखि ५० वर्ष उमेर समूहका सबैभन्दा बढी छन् ।’

सातायता मृत्यु हुनेमध्ये करिब २० प्रतिशतलाई कोमर्बिडिटी देखिएको डा.अधिकारीले बताए । वैशाख १५ देखि २० गतेसम्म कोसभडले मृत्यु हुने १ सय ६८ जनामध्ये ३३ जनालाई कोमर्बिडिटी (दुई वा दुईभन्दा बढी रोग हुनु) देखिएको हो । यो साता सबैभन्दा बढी उमेरअन्तर्गत गत शनिबार काठमाडौंका १०२ वर्षीय पुरुषको सशस्त्र प्रहरी अस्पताल बलम्बुमा मृत्यु भएको थियो । उनलाई कुनै कोमर्बिडिटी थिएन ।

कान्तिपुर