
लण्डन । भारतमा यस साता थप १० जना नेपालीको मृत्यु भएको छ । योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमण हुने नेपालीको संख्या ७१ पुगेको गैरआवासीय नेपाली संघले जनाएको छ ।
यो साता साउदीमा पनि थप एक जनाको संक्रमणका कारण ज्यान गएको छ । संघको स्वास्थ्य समितिले शनिबार साँझसम्म तयार पारेको तथ्याङ्क अनुसार भारत सहित विश्वभर २१ मुलुकमा रहेका ३ सय ८२ जना नेपालीको कोभिड–१९ का कारणले निधन भएको छ ।
भारतमा रहेका २० हजार भन्दा बढी नेपालीलाई कोरोना संक्रमण भएको संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार ती मध्ये १७ हजार भन्दा बढी कोरोनामुक्त भएका छन् ।
अहिलेसम्म विश्वका ५४ मुलुकमा ८६ हजार ६ सय ७९ जना नेपालीमा कोरोना संक्रमण हुँदा ८२ हजार १ सय ९७ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो साता मलेसिया, भारत, कुवेत, युएई, र साउदी अरेबियामा रहेका नेपालीमा थप कोरोना भाइरसको संक्रमण देखिएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्