Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


पोखरामा ८ कोरोना संक्रमितको मृत्यु


0
Shares

पाेखरा । गण्डकी प्रदेशका ६ सहित पोखरामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार कास्कीका ५, पर्वत, रुपन्देही र दाङका कोरोना संक्रमितको मृत्यु पुष्टि गरेको हो ।

कास्कीको पोखरा महानगरपालिका १६ का ७७ वर्षीय पुरुष, पोखरा २६ का ५८ वर्षीय महिला, पोखरा १६ की ७३ वर्षीय महिला, पोखरा १० की महिला (उमेर नखुलेको), पोखरा १९ का ५४ वर्षीय पुरुषको पोखराका विभिन्न अस्पतालमा शनिबार मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयाे ।

पर्वतको कुश्मा नगरपालिका ५ की ७६ वर्षीया महिला, लुम्बिनी प्रदेशको दाङ राप्ती गाउँपालिका ५ का ४३ वर्षीय पुरुष र रुपन्देहीको बुटवल उपमहानगरपालिका ३ का ७५ वर्षीय संक्रमितको पोखरामा उपचारकै क्रममा पछिल्लो ३ दिनयता मृत्यु भएको हो ।

गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या २३१ पुगेको छ । लुम्बिनीका मृतकको संख्या गण्डकी प्रदेशकोमा संलग्न गरिएको छैन । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८ हजार ७८१ पुगेको छ । संक्रमितमध्ये १६ हजार ८८२ जना निको भएका छन् ।