२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


गाउँपालिका अध्यक्ष कुशवाहको निधन


0
Shares

पर्सा । पर्साको कालिकामाई गाउँपालिकाका अध्यक्ष नथुनी प्रसाद कुशवाहाको निधन भएको छ ।

कालिकामाई गाउँपालिकाको-२ भेडिहारी निवासी अध्यक्ष कुशवाहाको ७९ बर्षको उमेरमा शुक्रबार विहान २ बजे निधन भएको हो ।

कुशवाहाको सुरुमा ज्वरो र पछि निमोनियाको कारण स्वास्थ्य स्थिती खराब भएको थियो ।

चार पटक स्थानीय निकायको अध्यक्षमा निर्वाचित भएका कुशवाहाको निधनको खबरले गाउँ नै शोकमा डुबेको छ ।