
काठमाडौं, कात्तिक १ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दरबन्दीभन्दा बढी र दरबन्दी नै नभएका स्थानमा समायोजन भएका स्वास्थ्य सेवाका कर्मचारीलाई सोही तह र पदनाम कायम राखी हाजिर गराउन सबै स्थानीय तहहरुलाई पत्र पठाएको छ ।
मन्त्रालयले बिहीबार ७५३ स्थानीय तहमा पत्र पठाइ दरबन्दीभित्र वा दरबन्दी बढी भएका सबै कर्मचारीलाई पद र पदनाममा हाजिर गराइ काममा खटाउन आग्रह गरेको हो ।
स्थानीय तहहरुले भने दरबन्दीभन्दा बढी कर्मचारी एउटै पदमा समायोजन भएपछि जो पहिला समायोजनको पत्र लिएर आउँछ, उसलाई मात्र हाजिर गराउने गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्