
काठमाडौं । मेक्सिकोको उत्तरी क्षेत्रमा सुरक्षाकर्मी र लागूऔषध तस्करहरुबीच झडप भएको छ ।
मे्म्सिकोकोे कुलिएकान क्षेत्रमा प्रहरीको गस्तीका क्रममा शक्तिशाली ड्रग कार्टेल समूहका नाइके गजम्यान लोपेज र प्रहरी बीच झडपका क्रममा दोहोरो गोली हानाहान समेत भएको छ ।
मेक्सिकोका कुख्यात लागू औषध तस्करका बादशाह मानिन गजम्यान लोपेज एल च्यापो गजम्यानका छोरा हुन् । एल च्यापो हाल अमेरिकामा तस्करीको आरोपमा जेल सजाय भोगिरहेका छन् ।
एल च्यापो पछि तस्करीको सबै कारोबार सम्हालेका गजम्यान लोपेजलाई प्रहरीले नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि गोली प्रहार गरेपछी दोहारो भिडन्त भएको हो ।
गोली हानाहानका क्रममा केही व्यक्तिको मृत्यु भएको बताइए तापनि आधिकारिक रुपमा पुष्टी भएको छैन । प्रहरीले गजम्यान लोपेजलाई नियन्त्रणमा लिने प्रयास जारी राखेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्