Logo १ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026


‘कर्पोरेटपे’ सुरु गर्न सनराइज बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच सम्झौता


0
Shares

काठमाडौं । सनराइज बैंकले बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी ‘कर्पोरेटपे’ प्रणालीको सुरुवातका लागि नेपाल क्लियरिङ्ग हाउससँग सम्झौता गरेको छ ।

सम्झौता पत्रमा सनराइज बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा नेपाल क्लियरिङ्ग हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गर्नुभएको छ ।

बैंकले आफ्ना व्यावसायिक ग्राहकहरूलाई प्रदान गर्ने ‘कर्पोरेटपे’मार्फत बैंकमा नगइ फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानी लगायतका अन्य व्यावसायिक भुक्तानीहरू गर्न सक्नेछन्

ग्राहकले ‘कर्पोरेटपे’मा आबद्ध हुन गरी बैंकमा सम्पर्क गर्नुपर्नेछ । सेवा सुचारु भइसकेपछि प्रयोगकर्ता आफैँले तोकिएको सीमा कारोबार भित्र कुनै पनि भुक्तानी गर्न सक्नेछन् ।

विभिन्न डिजिटल भुक्तानी प्लाट्फर्महरू प्रदान गर्दै आएको बैंकले ‘कर्पोरेटपे’मार्फत व्यावसायिक ग्राहकहरूका लागि डिजिटल भुक्तानीको सेवा प्रदान गर्न थप टेवा पुग्ने बैंकको विश्वास छ ।