 
	    काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।
मंगलबार सामाजिक सञ्जालमार्फत नेता रिजालले आफूलाई कोरोना पुष्टि भएको जानकारी दिनुभएको हो । आफूलाई सामान्य लक्षण देखिएकाले घरमै बसेको उहाँले बताउनुभयो ।
यस्तै नेता रिजालले आफूसँग सम्पर्कमा आएका सबैलाई शीघ्र परीक्षण गराउन र आवश्यक सावधानी अपनाउन आग्रह गर्नुभएको थियो ।
आजै बिहान मन्त्री टोपबहादुर रायमाझीलाई कोरोना पुष्टि भएको थियो । नेता रिजाल र मन्त्री रायमाझी बालुवाटारमा भएको एमाले महाधिवेशन कमिटीको बैठकमा सहभागी हुनुभएको थियो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्