काठमाडौं । काठमाडौं उपतयकालगायत देशभर नै कोरोना संक्रमितको संख्या बढिरहेका बेला रोकथाम र नियन्त्रणका लागि निर्णय गर्न सरकार पछि परिरहेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको उच्च तहले असन्तुष्टि जनाएको छ ।
उच्च स्रोतका अनुसार मन्त्रालयले चैतदेखि नै विद्यालय बन्द गरेर भीडभाड हुने सम्पूर्ण कार्य बन्द गर्न सिफारिस गरे पनि सरकारले यथोचित निर्णय नगर्दा स्थिति भयावह बन्दै गएको हो ।
‘हामीले विद्यालय नखोलौ, भारतबाट आउने विमानलाई रोकौं, स्थलमार्गबाट पनि भारतीयको प्रवेश रोकौं, जात्राहरु हुन नदिउँ भनेका थियौं, मन्त्रालय स्रोतले भन्यो, तर हाम्रो कुरा कसैले सुनेनन् । अब अहिले अवस्था यस्तो आयो ।’
उक्त स्रोतका अनुसार अहिलेकै स्थिति आए एक साता चल्ने हो भने काठमाडौंको स्वास्थ्य पूर्वाधार पूर्ण रुपमा धराशाही हुन सक्छ । ‘बेलायतमा म्युटेसन देखिँदा उडान बन्द गर्ने भारतलाई खोल्ने’, स्रोतले भन्यो ।
स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले भने अहिले नै हरेस खानुपर्ने अवस्था नरहेको भन्दै ढाडस दिन खाजेको छन् ।
उनका अनुसार काठमाडौं उपत्यकामा धेरै अस्पताल रहेका कारण अवस्था असहज भइसकेको छैन । विशेषगरी बाँकेमा समस्या देखिनुको कारण उक्त स्थान कर्णाली प्रदेशको समेत उपचारको केन्द भएकाले हो । कान्तिपुर










प्रतिक्रिया दिनुहोस्