
काठमाडौं, असोज २८ । इंग्ल्यान्ड र बुल्गेरियाबीच सोमबार राति भएको युरोकप फुटबल छनोट खेल रगंभेदी व्यवहारका कारण दुईपटक अवरुद्ध भएको छ ।
बुल्गेरियाको राजधानी सोफियामा भएको खेलको २८औं मिनेटमा दर्शकहरुले रंगभेदी नारा लगाएपछि खेल राोकियो ।
रंगशालामा सम्बोधनमार्फत् रंगभेदी व्यवहार जारी राखे खेल स्थगित गर्ने चेतावनी दिँदै खेल सुचारु गरिएपनि ४३औं मिनेटमा फेरि यस्तै घटना दोहोरियो ।
बुल्गेरियाका समर्थकहरुले नाजी सलामी र बाँदरको आवाजमा नाराबाजी गरेपछि रेफ्रीले खेल रोकेका हुन् ।
इंग्ल्यान्ड ६–० बुल्गेरिया
इंग्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेट र रेफ्रीबीच छलफल भएपछि खेल फेरि खेलाइएको हो ।
पटक–पटक रोकिएको खेलमा इंग्ल्यान्डले बुल्गेरियालाई ६–० ले पराजित गर्यो ।
इंग्लिस टोलीको जितमा रोस बार्कले र राहिम स्टर्लिङले २/२ गोल गर्दा मार्कस रास्फोर्ड र ह्यारी केनले १/१ गोल थपे ।
यसैबीच, युरोपेली फुटबलको सर्वोच्च निकाय (युएफा)ले सो खेलकाक्रममा भएको रंगभेदी व्यवहारको छानबिन गर्ने जनाएको छ ।
खेल अवधिभर बेलायती फुटबल संघका अध्यक्ष र युएफाबीच पटक–पटक संवाद भएको बताइएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्