Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


अयोग्यको बिल्ला खारेज गर्न बहिर्गमित जनमुक्ति सेनाको आग्रह


0
Shares

काठमाडौं, बैशाख १० । बहिर्गमित जनमुक्ति सेना नेपालले आफूहरुलाई लगाइएको अयोग्यको बिल्ला खारेज गर्दै सम्मानयुक्त शब्दसहित राज्यले सम्मान गनुपर्ने माग गरेको छ ।

बर्हिगमित जनमुक्ति सेना नेपालले गरेको चौथो राष्ट्रिय सम्मेलनको पूर्ण केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्दै उनीहरुले अयोग्यको बिल्ला खारेज गरी राज्यद्धारा सम्मानपत्र र परिचयपत्र वितरण गर्नुपर्ने माग राखेका हुन् ।

त्यसैगरी तत्कालिन नेकपा माओवादी र नेपाल सरकारबीच भएको हतियार र सेना व्यवस्थापनको अनुगमन सम्झौता अनुरुप तत्कालिन समयका १८ वर्ष मुनिका बाल सेनाहरुलाई पुनस्थापनाका लागि आवश्यक र उपयुक्त सहयोग प्रदान गरिनुपर्ने पनि माग गरेको छ ।

बर्हिगमित जनमुक्ति सेना नेपालका इन्चार्ज असिम आङबुहाङ्ग लिम्बुले जनयुद्धकालका नेतृत्व तथा कमाण्डरहरुले आफुहरुलाई वेवास्ता गरेको बताउनुभयो ।

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भने जनमुक्ति सेना र आन्दोलनका योद्धाहरुलाई सम्झिएको उहाँको भनाई छ ।

नेपाल सरकार र बहिर्गमित जनमुक्ति सेना नेपालबीच विभिन्न चरणको वार्तामा भएका सहमतिहरु तत्काल कार्यान्वयन गर्न उनीहरुले माग गरेका छन् ।