काठमाडौं । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादव नाबालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् ।
इटहरीको एक १७ वर्षीया बालिकालाई गाउँपालिकामा जागिर लगाइदिने प्रालोभनमा पारी मादक पदार्थ सेवन गरी जबरजस्ती करणी गरेको अभियोगमा उनलाई इलाका प्रहरी कार्यालय धरानले बुधबार राति पक्राउ गरेको हो ।
गाउँपालिका अध्यक्षले सरकारी गाडीमा युवतीलाई धरानतर्फबाट लगेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
स्थानीयको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरिक्षक हेमराज ओली नेतृत्वको प्रहरी टोलीले यादवलाई पक्राउ गरेको हो । अन्नपूर्ण










प्रतिक्रिया दिनुहोस्