३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


पाँच महिनापछि संवाद : ओली र नेपालको आ-आफ्नै शर्त


0
Shares

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधव कुमार नेपालबीच लामो समयदेखिको संवादहीनता तोडिएको छ । यसअघि गत कात्तिक २३ गते एक्लाएक्लै छलफल गरेका ओली र नेपाल पार्टीमा अनेकन उच्छालकुदपछि बुधबार संवादमा जुटेका हुन् ।

ओली र नेपाल पक्षीय नेताहरुबीच गत चैत १ गते पार्टी कार्यलय धुम्बाराहीमा भएको छलफल तिक्ततापूर्वक यी दुई समूह आआफ्नो बाटो लागेका थिए । काक्तिकमा भएको भेटमा नेकपा फुटेको डिलमा रहेको भन्दै पार्टी जोगाउन नेपालसँग ओलीले आग्रह गरेका थिए ।

काठमाडौंस्थित होटल मेरियटको कोठा नम्बर ९०१ मा बुधबार २ घण्टा चलेको छलफलमा भने नेपालले पार्टी जोगाउन ओलीसँग अनुरोध गरे । छलफलमा सुरुको एक घण्टा ओलीमात्रै बोलेको त्यहाँबाट फर्किएपछि नेता नेपालले निकटस्थहरुलाई ब्रिफिङ गरेका छन् ।

‘उहाँले एमाले र माओवादीबीचको एकीकरणको पृष्ठभूकिदेखि कुरा गर्नुभयो, त्यसपछि नेकपामा भएका गतिविधि, एकअर्कालाई गरेको कारबाहीका सबै कुरा उठाउनुभयो,’ नेपालले आफूनिकट नेताहरुलाई भने, ‘मैले उहाँका कमजोरीबारे बताएँ, एकताका लागि पहल गर्नुस् भने । कुनै ठोस प्रस्ताव आएन, अर्को पटक फेरि बस्ने भनेर उठ्यौं ।’

कान्तिपुर