
विराज रोस्यारा/ईमेज
कैलाली । सुदूरपश्चिमको प्रमुख शहर धनगढीको विकासका उचित योजना नहुँदा व्यवस्थित शहर बन्नेमा चुनौती देखिएको छ ।
स्मार्ट सिटी बनाउने घोषणा भइरहे पनि उपमहानगर क्षेत्रका अटो मेकानिकल समेत व्यवस्थित बनाउन सकिएको छैन ।
सुदूरपश्चिम प्रदेशको अस्थाई राजधानी रहेको धनगढी महानगरपालिकालाई स्मार्ट सिटी बनाउने परिकल्पना गरिएको छ ।
अधिकांश सहरहरुमा छुट्टै अटोल्याण्ड बनाएर अटो मेकानिकल क्षेत्रलाई व्यवस्थापन गरिए पनि यहाँ भने हुन सकेको छैन ।
महानगर क्षेत्रका खोका, छाप्रा र अटो मेकानिकलले सहरको मुहार नै विकृत बनाइदिएका छन् । विगतदेखि नै सडक छेउछाउमै अटो मेकानिकल सञ्चालन भइरहेका छन् ।
अटोका क्षेत्रमै कार्यरत योगेन्द्र रावलले छरिएर रहेका अटो मेकानिकलले सहरको बिकासमा बाधा पुग्ने बताए ।
धनगढी उप महानगरलाई स्मार्ट सिटी बनाउने योजना साकार पार्न अटो मेकानिक्सलाई अनिवार्य रुपमा व्यवस्थित गर्नुपने उनको भनाई छ ।
अटो मेकानिक्स क्षेत्रमा कार्यरत मजदूरहरुले पनि व्यवस्थापनका लागि आवाज उठाइरहेका छन् ।
नेपाल अटो मेकानिक्स ट्रेड युनियन कैलालीका पुर्वअध्यक्ष भक्त बहादुर थापा अटोल्याण्ड व्यवस्थित गर्न पटकपटक आवज उठाए पनि सरोकारवाला पक्षले नजरअन्दाज गरेको आरोप लगाउँछन् ।
स्थानीय सरकार गठन भएको २ बर्षभन्दा बढी भइसक्दासम्म यस विषयमा खासै काम हुन सकेको छैन ।
यता उपमहानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरी भने शहर व्यवस्थापनका लागि पहल गरिरहेको दाबी गर्छन ।
छुट्टै अटोल्याण्ड स्थापना गर्न सके अटो मेकानिक्सलाई काम गर्न सहज हुनुका साथै शहरको सुन्दरतापनि बढ्ने थियो ।
प्रतिक्रिया दिनुहोस्