काठमाडौं । भारतीय बजारमा आज पल्सर एनएस १२५ सार्वजनिक गरिएको छ । पल्सर सिरिजको सबैभन्दा कम सीसी क्षमताको यो बाइकको लुक्स तथा डिजाइन यसअघिको एनएस १६० र एनएस २०० बाट प्रेरित छ । यससँगै एनएस सिरिजमा बजाजको संख्या तीन पुगेको छ ।
यो बाइकको मूल्य भारतीय बजारमा ९३ हजार ६ सय ९० भारु निर्धारण गरिएको छ । जुन एनएस १६० को तुलनामा १६ हजार र १२५ पल्सरको तुलनामा २० हजार भारुले बढी हो । कम सीसी क्षमताको भएपनि यसको लुक्स तथा डिजाइन भने १६० एनएसको जस्तै देखिन्छ ।
यो बाइकमा टु भल्वयुक्त एयुकुल्ड इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर १२ एचपी र टर्क ११ एनएम रहेको छ । १२५ सीसी इन्जिनमा यति धेरै पावर र टर्क उपलब्ध गराइएका कारण बाइकको पर्फमेन्स उच्च रहने कम्पनीले बताएको छ ।
अगाडिको चक्कामा डिस्क र पछाडि ड्रम ब्रेक दिइएको यो बाइकको तौल १६० एनएसको तुलनामा ७ किलोग्राम मात्र कम छ । १२ लिटर इन्धन ट्यांकी रहेको बाइकले प्रतिलिटर इन्धन खपतमा ४० किलोमिटर बढी माइलेज दिने दाबी गरिएको छ ।
यो बाइक अबको केही दिनभित्र नेपाली बजारमा समेत उपलब्ध हुने र मूल्य २ लाख ७० हजार भन्दा बढी पर्ने अनुमान लगाउन सकिन्छ । नेपाल अट्टाे








प्रतिक्रिया दिनुहोस्