Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


समृद्धिकालागि सातै प्रदेशमा प्रधानमन्त्री जडिबुटी स्वरोजगार कार्यक्रम


0
Shares

काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटमा नयाँ कार्यक्रम समावेश नगर्न मन्त्रालयलाई पत्राचार गरे पनि वन तथा वातावरण मन्त्रालयले सातै प्रदेशमा प्रधानमन्त्री जडीबुटी स्वरोजगार कार्यक्रम सञ्चालन गर्न बजेट माग गरेको छ ।

आगामी आर्थिक वर्ष ०७८/७९ का लागि सातै प्रदेशमा प्रधानमन्त्री जडिबुटी स्वरोजगार कार्यक्रमलाई मुख्य प्राथमिकता दिएर कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको वन मन्त्रालयले जडीबुटी खेती प्रवद्र्धनमा जोड दिँदै निर्यात बढाएर रोजगार वृद्धि तथा आर्थिक समृद्धिमा टेवा पुर्याउने उद्देश्यले लिएको जनाएको छ ।

वन मन्त्रालयले सातै प्रदेशमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको भन्दै कार्यक्रमका लागि अर्थ मन्त्रालयसँग १ अर्ब ७५ करोड रुपैयाँ बजेट पनि पस्ताव गरेको छ ।

तर, प्रस्ताव गरेको बजेट स्वीकृत भइनसकेको वन मन्त्रालयले जनायो । बजेट स्वीकृति भएपछि कुन प्रदेशमा जडिबुटी प्रवद्र्धनका कस्ता कार्यक्रम लागू गर्ने निचोड निकालिने वन मन्त्रालयको भनाइ छ ।

आगामी आर्थिक वर्षदेखि प्रधानमन्त्री जडिबुटी स्वरोजगार कार्यक्रमलाई प्राथमिकता दिएको हो । कारोबार