Logo ६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026


कोहलपुरमा भएको दुर्घटनाका पाँचै मृतकका सनाखत


0
Shares

बाँके । कोहलपुरमा यात्रुबाहक बस र टिपर ठोक्किँदा भएको दुर्घटनामा परि ज्यान गुमाउने पाँचै जनाको सनाखत भएको छ ।

हिजो राति भएको दुर्घटनामा मृत्यु हुनेहरूमा सुुखीपुर गाउँपालिका–३ की ३२ बर्षिया अम्बिका कान्ति, कोहलपुर नगरपालिका–१२ का २१ बर्षीय उदय बाँठा, कोहलपुर–१३ का २५ वर्षीय खगेन्द्रबहादुर सुनार, सुर्खेतको साटाखानीका ४० बर्षीय जिवनकुमार बिक र झापाको मेची नगरपालिका–१० का ४५ का छत्रबहादुर कटुवाल हुन् ।

दुर्घटनामा एक जनाको घटनास्थलमै र अन्य ४ जनाको उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते ३७ जना सबैको कोहलपुरमै उपचार भइरहेको छ ।

Skip This