 
	    काठमाडौं, बैशाख ३ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेश सिंह ठगुन्नाले युवा वर्गमा सुर्तिजन्य पदार्थको प्रयोग बढेकाले त्यसलाई रोक्नु सबैको दायित्व भएको बताउनुभएको छ ।
स्वास्थ्य पत्रकार मंचले शुक्रबार गरेको कार्यक्रममा उहाँले विद्यालय तहदेखि नै धुमपान र सुर्तिजन्य पदार्थ प्रयोग गर्ने बालवालिकाको संख्या बढ्दै गएकाले त्यसले पछि ठुलो असर पार्ने बताउनुभयो ।
मन्त्री ठगुन्नाले सुर्तिजन्य पदार्थको अन्तशुल्क बढाई त्यसको प्रयोगलाई कम गराउन सकिने सुझाव समेत दिनुभयो ।
कार्यक्रममा आन्तरिक राजश्व विभागका उपमहानिर्देशक शम्भु मरासिनीले सुर्तिजन्य पदार्थको कर बढाउने हो भने प्रयोगदरमा समेत कमि ल्याउन सकिनेप्रति आफुहरुको ध्यानकर्षण भएको बताउनुभयो ।
देशभर १ सयभन्दा बढी बिँडी र तमाखु उद्योग र तीनवटा चुरोट कारखाना रहेको भन्दै उहाँले कर बढाउँदा राजश्व संकलनमा सहयोग पुर्याउने बताउनुभयो ।
कार्यक्रमका सहभागिहरुले सुर्तिजन्य पदार्थमा कर बढाउन सुझाव दिएका थिए ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्