Logo ३० बैशाख २०८३, बुधबार | Wed May 13 2026


भारतमा कोरोना : शव जलाउन १२ घन्टासम्म पर्खनुपर्ने अवस्था


0
Shares

एजेन्सी । भारतमा कोभिड–१९ को दोस्रो लहर सन् १९१८ मा युरोपमा फैलिएको स्पेनिस फ्लुको जस्तै बन्ने तयारीमा छ । अप्रिल–मे १९१८ मा युरोपमा स्पेनिस फ्लुमा फैलिएको थियो । केही समयमै यो संक्रमण बिस्तारै कम हुन थालेको थियो । सर्वसाधारणले ठाने कि अब स्पेनिस फ्लु सकियो ।

तर, सर्वसाधारणको सोचाइको ठीकविपरीत स्पेनिस फ्लुको दोस्रो लहर चल्यो । अगस्ट १९१८ मा स्पेनिस फ्लुको नयाँ म्युटेड आयो । यो भाइरस यति खतरनाक थियो कि युरोपमा यसको संक्रमण सुक्खा वनमा फैलिएको डढेलोजस्तो भयो ।  यो घटना थियो एक सय वर्षअघिको । अहिले भारतमा कोरोना भाइरसको दोस्रो लहरले यस्तै झल्को दिइरहेको विज्ञहरूको भनाइ छ । 

भारतमा कोरोना भाइरसको दोस्रो लहर यति धेरै खतरनाक भइसकेको छ कि यहाँ हरेक दिन डेढ लाखभन्दा बढी संक्रमणका केस सार्वजनिक भइरहेका छन् । संक्रमणबाट मृत्यु हुनेको संख्या पनि एक हजारभन्दा बढी छ । संक्रमितहरूले उपचारका लागि अस्पतालमा लामो समयसम्म कुर्नुपर्ने मात्रै होइन, शव जलाउनसमेत १२ घन्टासम्म कुर्नुपर्ने अवस्था आएको छ । नयाँ पत्रिका