काठमाडौं । अघिल्लो वर्ष राजनीतिमै हलचल मच्चाएको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान सम्झौता अनुमोदनका लागि पुनः संसद्मा अघि बढाउने प्रयास सुरु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली जसरी पनि प्रतिनिधिसभाको यही अधिवेशनमा यो सम्झौतालाई टुंगो लगाउने पक्षमा उभिएका छन् ।
प्रधानमन्त्री यो मुद्दामा प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाको पनि मत मिलेको छ ।
देउवाले यो सम्झौता संसद्बाट अनुमोदन गराउनका लागि अन्य दलहरुसँग लविइङ थालेका छन् ।
देउवाले मंगलबार जसपा अधयक्षहरु बाबुराम भट्टराई र उपेन्द्र यादवसँगको भेटमा सत्ता समीकरणसँगै एमसीसीको विषय पनि उठाएका थिए ।
मंगलबारै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको भेटमा पनि उनले एमसीसीलाई टुंगो लगाउनुपर्ने भन्दै समर्थन लिने कोसिस गरेका थिए ।
स्रोतहरुका अनुसार ओली र देउवा एमसीसीको विषयलाई टुंगो लगाउनुपर्नेमा एकमत छन् ।
संसदको विधेयक शाखामा २०७६ असार ३० मा दर्ता एमसीसी सम्झौता तत्कालीन सत्तारुढ दल नेकपाको आन्तरिक किचलोका कारण अड्किएको थियो ।
अहिलेसम्म उक्त सम्झौताबारे संसद्मा प्रक्रिया अघि बढ्न सकेको छैन । कान्तिपुर










प्रतिक्रिया दिनुहोस्