 
	    काठमाडौं, असोज २० । काठमाडौंको हनुमानढोकास्थित तलेजु मन्दिर आज खुला गरिएको छ ।
वर्षको एक दिन बडादसैंको महानवमीका दिनमात्र खुल्ने तलेजु भवानीको मन्दिरमा सोमबार बिहान विशेष पूजापाठ गरिएको छ ।
तलेजु भवानीको दर्शन गर्न आउने भक्तजनहरुको घुइँचो लागेको छ ।
दर्शन गर्न आउने भक्तजनहरुलाई सहजरुपमा दर्शन गर्ने वातावरण मिलाइएको छ ।
नेवार समुदायको इष्टदेवीकारुपमा लिइने तलेजु भवानीको दर्शनका लागि उपत्यका वरपरबाट थुप्रै दर्शनार्थी आएका छन् ।
मल्ल राजाहरुको इष्टदेवीकारुपमा रहेको तलेजु भवानीलाई कर्नाटवंशी राजा हरिहरसिंह देवले उपत्यकामा ल्याएका हुन् ।
सन् १३२५ मा भारतीय मुसलमान शासकले हरिहरसिंहको राज्य सिम्रौनगढमा आक्रमण गरेपछि आक्रमणबाट बच्न उनी देवीसहित भक्तपुर आएको इतिहासमा उल्लेख छ ।
सत्रौं शताब्दीमा राजा जयप्रकाश मल्लले तलेजु भवानीसँग त्रिपासा खेल्नेक्रममा कुदृष्टिले हेरेपछि तलेजु भवानी मन्दिरबाट हराएकी थिइन् ।
राजाले क्षमा माग्दै धेरै रोइकराइ गरेपछि तलेजु भवानीले ‘वर्षको एकपटक महानवमीको दिनमात्र आउँछु’ भन्ने वचन दिएको किंवदन्ती रहेको छ ।
वसन्तपुरका साथै कीर्तिपुर, फर्पिङ, साँखु, ठिमी, चापागाउँ, नुवाकोट, दोलखा, बनेपा, पनौतीलगायत ठाउँमा पनि तलेजु भवानीको पूजा–आराधना गरिन्छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्