Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा वृद्ध पक्राउ


0
Shares

काठमाडौं । ओखलढुङ्गामा ७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा एक वृद्ध पक्राउ परेका छ ।

पक्राउ पर्नेमा चिशंखुगढी गाउँपालिका–८ माम्खा बस्ने ७१ वर्षीय दान बहादुर कार्की रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

कार्कीले बालिकालाई यौन दुर्व्यवहार गरेको खबर पाउनासाथ विमानस्थल सुरक्षा गार्ड रुम्जाटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।