Logo ३ भाद्र २०८३, बुधबार | Wed Aug 19 2026


मध्य गाउँमा कोइला कारखाना


0
Shares

काठमाडौं । मेचीनगर १० गोलबारीकी प्रमिला खड्काले दिनमा पाँच सात पटकसम्म कुचाले घर बढार्नुपर्छ । तर पनि छिनमै घर धुलाम्मे भइहाल्छ । भान्सादेखि बिछ्यौनासम्म् पत्थर कोइलाको धुलोले ढपक्कै ढाक्छ ।

‘अहिले बढारेर बसेको, फेरि उस्तै भयो, कोइलाको काले धुलो हातले सोहोर्दै प्रमिलाले सुनाइन्, प्रदूषण बढेको भनेर सरकारले स्कुल बिदा दिन्छ, हामी वषौंदेखि घरमै प्रदूषण भोगिरहेका छौं ।’ कारखानाबाट करिब ५० मिटर दूरीमा रहेको यही घरले गाउँमा सबैभन्दा बढी प्रदूषणको मार खेप्नुपरेको छ।

पूर्व पश्चिम राजमार्गको धुलाबारी चारआली सडक खण्डमा ढाट भन्ने ठाउँ छ । यही ढाट उत्तर सडकसँगै सटेको छ, कनिष्का धर्मकाँटा । धर्मकाँटाको काम भारतबाट आएका मालवाहक गाडीलाई सशुल्क नापजाँच गर्नु हो । धर्मकाँटाभन्दा अझै उत्तरमा छ, पत्थर काृइलाको ठूलो पिडो र प्रशोधन कारखाना ।

कान्तिपुर