 
	    काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित दुई न्यायाधीशको आज संसदीय सुनुवाइ हुँदैछ ।
संसद्को संसदीय सुनुवाइ समितिले प्रस्तावित न्यायाधीश नहकुल सुवेदी र कुमार चुँडालको आज सुनुवाइ गर्ने भएको हो ।
सुनुवाइ समितिमा प्रस्तावित दुवै न्यायाधीशिवरुद्ध जम्मा ७ वटा उजुरी परेको छ ।
उजुरीमाथि आज सुनुवाइ सुरु हुने समितका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।
यसअघि गत चैत ४ गते समितिले सार्वजनिक उजुरी आह्वान गर्ने निर्णय गरेको थियो ।
न्यायपरिषद्ले सर्वोच्च अदालतका न्यायाधीशमा सुर्खेत उच्च अदालतका मुख्य न्याायधीश सुवेदी र उच्च अदालत पाटनका मुख्य न्यायाधीश चुँडालको नाम सिफारिस गरेको थियो ।
संवैधानिक निकायमा सिफारिस भएका पदाधिकारीको संसदीय सुनुवाई गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
संसदीय सुनुवाईपछि परिषद्ले संविधानको धारा १ सय २९ बमोजिम नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्