Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


एसियाभर प्रदूषण उच्च, नेपालको प्रदूषण हिमाली भेग नाघेर तिब्बतसम्मै


0
Shares

काठमाडौं । वायु प्रदुषण विश्लेषण गर्ने संस्था आइक्यूएर को नक्सामा सोमबार पृथ्वीको धेरै भाग रातो देखिएको छ ।

रातो भागभित्र काठमाडौंसमेत छ । नक्सामा रातो रङले अस्वस्थकर वायुको संकेत गर्छ ।

केही दिनयता नेपालसहित एसियाली देशहरुमा प्रदूषण विकराल देखिन्छ, वातावरण विभागका सूचना अधिकारी तथा वातावरणविद् शंकरप्रसाद पौडेलले भने, पहिलोपटक नेपालको प्रदूषण हिमालस् भाग नाघेर तिब्बलसम्मै पुगेको छ ।

आईक्यूएअरको तथ्यांकले ५ दिनयता नेपालसहित एसियाली मुलुकमा तुँवालोको अवस्था विकराल बन्दै गएको देखाएको छ ।

नेपालमा भने पूर्वी भागमा, तराई, पहाड र हिमालसम्मै तुँवालोले सीमा नाघेको छ । ‘म्यानम्यारदेखि अफगानिस्तानसम्म फैलिएको हिन्दकुश हिमालय क्षेत्रमा प्रदुषण बढी देखिन्छ’, वातावरणविद् पौडेलले भने, ‘यो अवस्था अझै केही दिन बदलिने देखिदैन ।’

जल तथा मौसम विज्ञान विभागका पूर्वमहानिर्देशक मदनलाल श्रेष्ठ, नेपालमा एकाएक प्रदूषण बढ्नुमा दुई कारण रहेको बताउँछन् ।

तल्लो तहको वायु माथि जान पाएको छैन अर्थात नेपालमा उच्च चापीय क्षेत्रको असर परेको छ । तलको वायु माथि जान पाएको भए केही हदसम्म प्रदुषण हट्थ्यो ।

‘अहिले कति पनि हावा चलेको छैन’, उनले भने, ‘अर्को डढेलोजन्य गतिविधि हो । नेपालमा मात्र होइन, भारतका विभिन्न स्थानमा ठूलो मात्रामा कृषिकार्यका लागि आगो बाल्दा निस्किएको धूँवा काठमाडौंसम्मै आइपुगेको छ ।’

उनका अनुसार नेपालका वनमा मात्र लागेको डढेलोले यति असर गरेकबो होइन । कान्तिपुर