
काठाडमौं । नेपाली कांग्रेसले बागलुङ घटनाको छानबिन तथा दोषीहरुलाई तत्काल पक्राउ गरी कडा कारबाहीको माग गरेको छ ।
कांग्रेसले आज प्रेस विज्ञप्ती जारी गर्दै दोषीलाई कारवाही र घाइतेको उपचार गर्न माग समेत गरिएकाे छ । ‘बल्देधुरीमा आइतबार भएको अमानवीय घटना अत्यन्तै निन्दनीय छ,’ विज्ञप्तिमा भनिएको छ, ‘होली खेल्ने क्रममा नै भएको असमझदारी र आवेगको परिणाममा दुई युवाको हत्या भएको हो या यसका पछिल्तिर योजनाबद्ध षड्यन्त्र छ, यसकाे अनुसन्धान गरी घटनाकाे छानबिन तथा दोषीहरुलाई कारबाहीको माग गर्छ ।’
घटनामा मारिएका प्रकाश कुँवर कांग्रेसका जिल्ला सदस्य हुन् भने दीपक नेपाली कांग्रेसका कार्यकर्ता भएकाे पनि जनाएकाे छ ।
‘दुवै युवाको मृत शरीर भिरबाट करिब चार सय मिटर तल भेटिनुले हत्यापछि फालिएको या भिरबाट धकेलेर हत्या गरिएको स्थिति देखिन्छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘प्रहरी अनुसन्धानलाई तीव्र बनाएर दोषी उम्कन नदिन तदारुकताका लागि नेपाली कांग्रेस सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ ।’
घटनाको अध्ययन तथा अनुसन्धान गर्नका लागि सभापति दिपेन्द्रबहादुर थापा र पूर्वसभापति प्रकाश शर्मा पौडेलसहित पार्टीको टिम सोमबार बिहान घटनास्थल गएको छ ।
यसैबिच सभापति थापाले पनि विज्ञप्ति जारी गरेर जिल्ला सदस्य प्रकाश कुँवर र सक्रिय कार्यकर्ता दीपक दमाईमाथि सुनियोजित रुपमा सांघातिक हमाल गरी हत्या गरिएको जनाएका छन् । झडपमा घाइते भएका ज्ञानु दमाई लगायतका घाइतेहरुको उपचार गर्न सरकारसँग माग गरीएको छ ।
प्रतिक्रिया दिनुहोस्