Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


निर्मला प्रकरणको दोषी यसै महिनाभित्र पत्ता लाग्ने


0
Shares

धनगढी । दुई वर्षअघि भएको कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान अन्तिमतिर पुगेको छ ।

लामो समयदेखि घटनाको सुक्ष्म तवरले अनुसन्धान गर्दै आएको प्रहरी टोलीले निर्मलाको घटनामा संलग्नको पहिचान गरी अनुसन्धानको अन्तितिर पुगेको जनाएको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआइजी उत्तमराज सुवेदीले अनुसन्धान अन्तिमतिर पुगेको बताउँदै भने, निर्मला प्रकरणमा हामी पात्र भन्दाप्रमाण संकलनमा छौं ।

डीआइजी सुवेदीले बैतडीकी किशोरी भागरथी प्रकरणपछि निर्मला घटनाबारे विश्वासिला सूचना प्राप्त भइ घटनाबारे अनुसन्धान अन्तिमतिर पुगेको बताए ।

उनले अब करिब १५ २० दिनभित्र अनुसन्धान टुंग्याउनेतर्फ क्रियाशील रहेको र सकभर यो महिनाभित्र निष्कर्षमा पुग्ने बताए ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेशकुमार सिंहले पनि उक्त घटना केही दिनभित्रै टुंगोमा पुग्ने दावी गरे ।

निर्मला प्रकरणको अब महिना हैन दिन गणना सुरु भइसकेको छ । केही दिनभित्रै अपराधी हाम्रो नियन्त्रणमा आउँछ, उनले भने ।

२०७५ साउन १० गते घरबाट हराएकी कञ्चनपुर भीमदत्त नगरपालिकाकी निर्मलाको ११ गते निम्बुखेडास्थित उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।

यो घटनामा फितलो अनुसन्धानलाई लिएर प्रहरीमाथि निरन्तर प्रशन् उठिरहेको छ । राजधानी