Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


प्रदेश १ मा एकैदिन १३ जनामा कोरोना संक्रमण


0
Shares

काठमाडौं । प्रदेश १ मा बुधबार एकैदिन १३ जनामा कोरोना संक्रमण देखिएको छ ।

मोरङमा १० र सुनसरीमा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा १०, सुनसरीको इनरुवामा २ र धरानमा १ पुरुषमा संक्रमण देखिएको छ ।

प्रदेशका विभिन्न प्रयोगशालामा ३ सय २२ जनाको पीसीआर परीक्षण गर्दा ७ पुरुष र ६ महिलाको रिपोर्ट पोजेटिभ आएको हो ।

प्रदेशमा पछिल्लो समयमा कोरोना संक्रमितको संख्या शुन्यमा झरेको थियो । तर, भारतमा कोरोनाको दोस्रो लहर शुरु भएसँगैं संक्रमितको संख्या नेपालमा पनि बढ्न थालेको हो ।

प्रदेश १ मा हालसम्म २ लाख २८ हजार ८ सय ६२ जनाको पीसीआर परीक्षण गरिएको छ जसमा ३० हजार ३ सय ७ जनामा कोरोना संक्रमण देखिएको छ ।

संक्रमण देखिएकामध्ये २९ हजार ७ सय ९७ जना डिस्चार्ज भएका छन् ।

अहिले ४४ जना आइसोलेसनमा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशमा कोरोना संक्रमण देखिएकामध्ये ४ सय ६६ जनाको मृत्यु भएको छ ।

प्रदेश १ मा कोभिड १९ विरुद्धको खोप २ लाख ९८ हजार ८ सय ५३ लाई लगाइएको मन्त्रालयले जनाएको छ । समाचारपत्र