Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


‘एक रुपैयाँ छाप्न दुई रुपैयाँभन्दा बढी खर्च’


0
Shares

काठमाडौं । एक रुपैयाँको नोट छाप्न दुई रुपैयाँभन्दा बढी खर्च हुने नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बताएका छन् ।

नेपाल बैंकर्स संघ प्रदेश २ ले मंगलबार जनकपुरमा आयोजना गरेको कार्यक्रममा मर्चेन्टहरुलाई क्युआर कोड वितरण कार्यक्रमलाई सम्बोधन गर्दै गर्भनर अधिकारीले विभिन्न प्रकारका नोट छाप्न राज्यको ठूलो रकम खर्च भइरहेको बताए ।

‘एक रुपैयाँको नोट छाप्न दुई रुपैयाँभन्दा बढी रकम खर्च हुन्छ’, उनले भने, ‘एक हजारको एउटा नोट छाप्न राज्यको ३ रुपैयाँसम्म खर्च हुन्छ ।’

त्यसकारण क्यासलेस र डिजिटल बैंकिङको अवधारण नेपाल राष्ट्र बैकले लिएको छ ।

‘राष्ट्र बैकले विद्युतीय कारोबारमा जोड दिएको उल्लेख गर्दै गर्भनर अधिकारीले भने विद्युतीय माध्यममा कारोबार भएको खण्डमा आर्थिक विकृति पनि बिस्तारै समाप्त हुँदै जान्छ । व्यापारिक कारोबार गर्न वा पैसा लेनदेन गर्न कुनै प्रकारको असुरक्षा हुँदैन ।’ नयाँ पत्रिका